नेपाली भूमि कब्जा गरिएको भन्ने कुरा हल्ला र आधारहीन : चिनियाँ विदेश मन्त्रालय
(काठमाडौँ) चिनियाँ विदेश मन्त्रालयले नेपालको कुनै पनि भूमि नमिचेको दोहर्याएको छ ।
मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले 'चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन भएको' बताएका हुन् ।