शान्ति सेनाको २१३ जनाको सातौं डफ्फा दक्षिण सुडान प्रस्थान
नेपाली सेनाको सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ युएन मिसनमा तैनाथ तारादल गण शान्ति सेनाको छैठौं डफ्फा फिर्ता भएको छ।
सो डफ्फालाई बदली गर्न आज प्रमुख सेनानी सुशील प्याकुरेको नेतृत्वमा सातौं डफ्फा सुडान प्रस्थान गरेको छ।
संयुक्त राष्ट्र संघ युएन मिसनको जहाजद्वारा प्याकुरेलको नेतृत्वमा श्री गोरखबहादुर गणबाट २१३ जना नेपाली शान्ति सैनिक मिसन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ। सेनाका अनुसार कोभिड-१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली-बदलीमा सबै सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको छ।
सैनिक प्रवक्ता सहारक रथी सन्तोषवल्लभ पौडेलका अनुसार हरेक एक वर्षमा मिसन खटिने टोली अदल-बदल हुन्छ, सोही अनुसार नै यी डफ्फा परिवर्तन भएका हुन्।