पोखराबाट मानहुँकोट जाँदै गरेको माइक्रो दुर्घटना : एकको मृत्यु, ५ जना घाइते
(तनहुँ) तनहुँको व्यास नगरपालिका वडा ५ मानहुँकोट जाँदै गरेको माइक्रो दुर्घटना भएको छ ।
दुर्घटनामा परी एक महिलाको मुत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पोखराबाट मानहुँकोट जाँदै गरेको ग १ ख२९४२ नम्बरको माइक्रो
मानहुँकाेट पुग्ने बेला ढलान गरेको सडकबाट खोल्सामा खसेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसर दुर्घटनामा परी पोखरा महानगरपालिका तल्लो गगनगौडाकीख २८ वर्षीया सुनिता गुरुङ मुत्यु छ । उपचारको क्रममा दमौली स्थित रहेको रत्नहरि अस्पतालमा दुर्घटनामा परी मुत्यु भएको प्रहरीले जनाएको छ ।
दुद्र्यटनामा परी घाइतेभएकाहरुको रत्नहरि अस्पतालमा उपचार जारी रहेको छ । माइक्रो सडकदेखि अन्दाजी ६ सय मिटर तल खसेको छ ।