सचिवालय बैठक आज दिउँसो १ बजे बालुवाटारमै बस्छ : प्रवक्ता श्रेष्ठ
(काठमाडाैं) सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वनिर्धारित समयअनुसार नै सचिवालय बैठक बस्ने बस्ने बताउनुभएकाे छ ।
सामाजिक ट्वीटरमार्फत प्रवक्ता श्रेष्ठ आज बुधबार दिउँसो १ बजे बालुवाटारमा सचिवालय बैठक बस्ने जानकारी दिनुभएकाे हाे । ‘हाम्रो पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्वनिर्धारित कार्यकमअनुसार आज १ बजे बालुवाटारमा बस्दैछ,’ प्रवक्ता श्रेष्ठले बुधबार बिहान ट्वीट गर्नुभएकाे छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसाे १ बजे नै मन्त्रिपरिषद् बैठक बाेलाउनु भएकाे छ । यसले सत्ताधारी दल नेकपाभित्र किचलो झनै बढेको देखिन्छ । पार्टी फुटको संघारमा पुगेको विश्लेषणसमेत गर्न थालिएको छ। कात्तिक २८ को सचिवालय बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पेस गर्नुभएका प्रस्ताव तथा पत्रमाथि ३ मंसिरमा छलफल गर्ने तय भएको थियो । तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गर्दै आउनुभएकाे थियाे ।
ओली भने नेकपा बैठक राेक्ने प्रयासमा हुनुहुन्छ । अध्यक्ष ओलीको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल मंगलबार बिहान अध्यक्ष दाहालकहाँ पुग्नुभएकाे थियाे । प्रचण्डले प्रधानमन्त्री उपस्थित नभए पनि बुधबार बैठक बस्ने अडान राखेपछि पौडेल फर्किनुभएकाे थियाे ।