पूर्वमन्त्री भीमप्रसाद गौतमको निधन
पूर्वमन्त्री भीमप्रसाद गौतमको निधन भएको छ।
तनहुँ पिप्ले घर भएका उनको गए राति निधन भएको हो।
तत्कालीन संविधानसभा सदस्यसमेत रहेका उनी भूमि सुधार मन्त्री रहेर पनि काम गरेका थिए। गौतम जनता समाजवादी पार्टीमा क्रियाशील थिए।
निमोनियाको उपचारपछि घर फर्केर आराम गरिरहेका गौतमको गए राती निधन भएको पारिवारिक स्रोतले जनाएको छ। गौतमको निधनमा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले दु:ख व्यक्त गरेका छन्।
गौतम जसपामा संघीय सल्लाहकार समिति अध्यक्ष थिए।
गौतम पुराना कम्युनिष्ट हुन्। उनी तत्कालीन श्रमिक संगठन, एकता केन्द्र, माओवादी, नयाॅ शक्ति, समाजवादी पार्टी हुँदै पछिल्लो समय जसपामा सक्रिय थिए। गौतमले देश र जनताका पक्षमा निस्वार्थ सेवा गरेको भट्टराईको भनाइ छ।
गौतमका श्रीमती, चार छोरी र दुई छोरा छन्।