पहिलो घण्टामा ४ अंकले बढ्यो शेयर बजार, व्यापारिक समुहको परिसूचकमा सर्वाधिक वृद्धि
कात्तिक १८, काठमाडौं । गत बिहीवारदेखि सोमवारसम्म निरन्तर घटेको शेयर बजार मंगलवार भने बढ्ने क्रममा रहेको छ ।
यो दिन पहिलो घण्टामा शेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स ४ अंक बढेर १ हजार ६४१ दशमलव ६५ विन्दुमा पुगेको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३२ अंक बढेर ३२५ दशमलव ७७ विन्दुमा छ ।
पहिलो घण्टाको कारोबारमा व्यापारिक समुहको परिसूचक सर्वाधिक ४ दशमलव २६ प्रतिशत बढेको छ । यो अवधिसम्म विकास बैंक र अन्य समुहको परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । जीवन बीमा समुहको र म्युचुअल फण्ड समुहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेको हो ।
मंगलवार पहिलो घण्टाको कारोबारमा विशाल बजार कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । उक्त कम्पनीको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशत बढेको हो । त्यस्तै शिवश्री हाइड्रोको पनि यो अवधिमा ९ दशमलव ४३ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।
पहिलो घण्टामा मंगलवार रू. ५० करोड ६५ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको छ । यो अवधिमा १८३ ओटा कम्पनीको ७ हजार २३४ पटकको व्यापारमा उक्त रकम बराबरको २० लाख ५० हजार ४३९ कित्ता शेयर कारोबार भएको हो ।
मंगलवार पनि सर्वाधिक रकमको शेयर कारोबार शिवश्री हाइड्रोको भएको छ । पहिलो घण्टामा उक्त कम्पनीको रू. २ करोड ७२ लाख ९४ हजार बराबरको शेयर कारोबार भएको हो ।