माउण्टेन फ्लाइटका लागि भारतीय सेनाध्यक्ष स्याङ्बोचे गए
औपचारिक भ्रमणका क्रममा नेपालमा रहेका भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे माउन्टेन फ्लाइटका लागि स्याङ्बोचे गएका छन्।
शुक्रबार बिहान उनी सोलुखुम्बुस्थित स्याङ्बोचे गएको नेपाली सेनाले जनाएको छ। उनी माउण्टेन फ्लाइटका लागि त्यसतर्फ गएका हुन्।
नरवणेलाई बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापाले रात्रिभोज दिएका थिए।
सेनाध्यक्ष नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीबाट सम्मान गरेकी थिइन्।