पहिलोपटक सीमामा नेपाली झण्डा फहरायो
नेपाल सरकारले २०७६ मंसिरमा गरेको निर्णय अनुसार नेपाल–भारत र नेपाल–चीनबीचको सीमा क्षेत्रमा दुई सय २१ बोर्डर आउट पोष्ट (बिओपी) राखिँदै छ । अन्तरदेशीय सीमा सुरक्षा मुख्य जिम्मेवारीसहित पाँचथरका ४ स्थानमा पोष्ट स्थापना भइसकेका छन् ।
भारतको सिक्किम, पश्चिम बंगाल र नेपालको सिमा क्षेत्र गोर्खेपानिमा पछिल्लोपटक पोष्ट उद्घाटन गरिएसँगै जिल्लामा राख्ने भनिएका चारै स्थानमा सशस्त्र प्रहरीको टोली पुर्याइएको छ ।
सशस्त्र प्रहरीको टोली पुर्याइएको भएपनि आधारभुत आवश्यकता भने पुरा भएका छैनन् । सीमा क्षेत्रको आपराधिक गतिविधि नियन्त्रणका लागि मुख्य अपेक्षासहित सीमा क्षेत्रमा सुरक्षाकर्मी पुर्याइए पनि आवश्यक भवन, सहज यातायातको सुविधा तथा समन्वयका लागि सञ्चार उपकरण सहज छैन ।