अमेरिकामा रोजगारी गुमाएकाहरुलाई नि:शुल्क खाना तथा खाद्यन्न बाँडियो
कोरोना भाइरस अर्थात कोभिड-१९ का कारण आक्रान्त बनेको अमेरिकामा पनि नि:शुल्क खाना तथा खाद्यन्न बाँडिएको छ । समाचार एजेन्सीहरुका अनुसार गत शनिवार मात्रै टेक्सास राज्य ड्यालसमा मात्रै २५ हजार बढी नागरिकलाई ६ लाख पाउण्डभन्दा धेरै खाद्यान्न वितरण गरिएको छ ।
उनीहरु कारमै सवार भएर खाद्यन्न लिनका लागि लामबद्ध थिए । त्यहाँ हजारौ कारहरु लामबद्ध राखिएको समाचार संस्था सीएनएनले पुष्टि गरेको छ । दक्षिणी टेक्सासको फूड बैंक (एनटिएफबी)ले शनिबार मात्रै ६ लाख पाउण्डभन्दा वितरण गरेकोएनटिएफबी प्रवक्ता एन्ना कुरियनले बताएकी छन् ।
कारमा आएर खाद्यन्न लिने सबैजसोले लामोसमयबाट बेरोजगारी भएको तथा बेरोजगारी भत्ता समेत नपाएको गुनासो गर्दै अहिले खाद्यन्न पाउने ठूलो भाग्य भएको बताएका थिए । कारमै बसेर उनी भन्दै थिइन् – “मैले डिसेम्बरदेखि काम गरिरहेकी छैन । मैले काम पाउन सकिन र मेरो बेरोजगारी भत्ता पनि काटियो । अहिले खाद्यान्न पाउनु निकै ठूलो कुरा हो । हामीलाई खाद्यन्न उपलब्ध गराउने संस्थाप्रति हामी आभारी छौँ, गर्वाम्भीत पनि छौँ ।”
त्यस्तै सोही फूड बैंक (एनटिएफबी)ले खाद्यन्नसहित ७ हजार २ सय ८० टर्की पनि वितरण गरिएको प्रवक्ता एन्ना कुरियनले बताएकी छन् । त्यस्तै उपलब्ध गराएका सामग्रीहरुको तस्बीर कैद गर्दै एनटिएफबी प्रकाशित गरेको छ । त्यहाँ खाद्यन्न लिन आउका तथा लाँदै गरेका मानिसहरुले प्रयोग गरेका लामबद्ध कारहरु देख्न सकिन्छ ।
सीएनएनका अनुसार खाद्यन्न लिन आए नागरिकले समन्था वुड्सले भनेकी छन् – “हामीले संघर्ष गरिरहँदा हाम्रो लागि प्रार्थना भइरहेको मैले देखेकी छु र हामीलाई सहयोग गरेकोमा सम्मान व्यक्त गर्न चाहन्छु, यो अद्भूत छ र म भगवानलाई धन्यवाद दिन चाहन्छु कि आज बिहान म लाइनमा बस्न सकें र यो प्राप्त गरेँ ।”
अमेरिका विश्वको सबैभन्दा बढी कोरोना प्रभावित मुलुक हो । अमरिकामा हालसम्म २ लाख ५४ हजारभन्दा बढिको मृत्यु भइसकेको छ ।