नेकपा केन्द्रीय सदस्य देवशंकर पौडेललाई कोरोना भाइरस पुष्टि
(काठमाडौं) सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य देवशंकर पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि भएका कसैलाई पनि हालसम्म लक्षण नदेखिएको पौडेलले अन्नपूर्ण अनलाइनलाई बताए। होम आइसोलेसनमा बसिरहेका उनले कवितामार्फत पनि आफू र आफ्नो परिवारलाई संक्रमण भएको जानकारी दिएका छन्। उनी हाल काठमाडौंमा रहेका छन्।