ट्रम्पका १४ वर्षीय कान्छा छोरालाई कोरोना भयो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका १४ वर्षीय छोरा ब्यारनलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
छोरालाई कोरोना पुष्टि भएपछि मेलानियाले आफूलाई जे कुराको डर थियो, त्यही भएको बताएकी छन् । उनले छोरामा कोरोना पुष्टि भएपनि आफ्नो छोरा बलियो भएको र संक्रमणको कुनै लक्षण नभएको जानकारी दिएकी छन् ।
यस्तै ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले आफ्नो परीक्षण भने नेगेटिभ आएको जानकारी दिएकी छन् । यसअघि अक्टुबर २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र पत्नीलाई कोरोना पुष्टि भएको बताएका थिए ।
उनीहरूसँगै ह्वाइट हाउसमा काम गर्ने कयौं कर्मचारीमा पनि संक्रमण पुष्टि भएको थियो। हाल उनीहरू सबैलाई ठीक भइसकेको छ। संक्रमण भएपछि ट्रम्प उपचारका लागि सैनिक अस्पताल बस्नुपरेको थियो । कोरोना मुक्त भएका ट्रम्पले बुधबार आयोवा राज्यको एक चुनावी अभियानमा जानुअघि पत्रकारहरूसँग आफ्ना कान्छा छोरा ठीक भएको बताएका थिए ।
सो चुनावी र्यालीमा उनले 'केही समयका लागि आफू संक्रमित भएको' भनेका थिए।
'मलाई लाग्दैन कि उसलाई आफू कोरोना संक्रमित भएको पनि थाहा छ होला किनकी ऊ अझै युवा छ र उनको रोग प्रतिरोधी क्षमता एकदमै राम्रो छ। ऊ यसबाट लड्न सक्षम छ', ट्रम्पले भने ।