बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु
बुटवलमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ।
बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत् उनीहरूको बुधबार बिहान मृत्यु भएको हो।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका ११ का ४७ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका १७ मोतिपुरका ८१ वर्षीय पुरूषको बुधबार बिहान ५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए।