दैलेखमा दुई बालिका मृत फेला
दैलेखको भगवतीमाई गाउँपालिका–४ मनघरमा दुई बालिका मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा १३ र १४ वर्षीया बालिका रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार मृतक दुवै बालिका नाताले दिदीबहिनी पर्छन्। उनीहरू मामाका र फुपूका छोराछोरी रहेको उनले जानकारी दिए।
प्रहरीका अनुसार दुवै बालिका गएराति एउटै घरमा रहेका थिए। उनीहरू राति घरबाट कतै निस्किएका थिए। भोलिपल्ट बिहान घरबाट केही टाढा रहेको जङ्गलमा उनीहरू दुवै मृत अवस्थामा फेला परेका हुन्।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। बालिकाहरूको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।