कोरोनाका २ हजार ६३८ संक्रमित थपिए
बुधबार कोरोनाका २ हजार ६३८ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९९६ पुगेको उनले बताए । यस दिन कोरोनाबाट २ हजार १७४ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३६ हजार ३६७७ पुगेको छ ।
अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३६ हजार ३६७ जना सक्रिय संक्रमित छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ। बुधबार मात्र थप मृतक १२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस दिन १३ हजार ९४७ जनाको पिसिआर परीक्षण गरिएको हो ।