नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना
नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ।
ट्विट गर्दै उनले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् । उनले ट्विटमा कोरोनाका केही लक्षणहरू देखिएको भएपनि आफ्नो अवस्था ठिक भएको बताएका छन् । 'म घरमै आइशोलेसनमा बसिरहेको छु', ट्विटमा चौधरीले भनेका छन् ।
योसँगै उनले पछिल्लो पाँच दिनमा आफ्नो सम्पर्कमा आएकाहरूलाई चिकित्सकको सल्लाह लिन तथा सावधानी अपनाउन आग्रह गरेका छन् ।