सरकारले दसैँको अग्रिम टिकट बुकिङ नखोल्ने
(काठमाडौं) सरकारले यो वर्ष दसैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ नखोल्ने भएको छ ।
यातायात व्यवसायीले पर्याप्त यात्रु नभएको भन्दै अडान लिएपछि सरकारले पनि अहिलेकै अवस्थामा अग्रिम टिकट बुकिङ खोल्न नपर्ने निष्कर्ष निकालेको हो ।
व्यवसायीहरुले सुरुबाटै यो वर्ष दशैंको अग्रिम टिकट बुकिङ खोल्न नपर्ने बताउँदै आएका थिए । आधा सिटमा मात्रै यात्रु बोक्दा पनि पर्याप्त यात्रु नपाएकाले पहिल्यै टिकट बुक गर्न आवश्यक नभएको तर्क उनीहरुको थियो ।
विभागले भदौ २० गतेबाट बुकिङ खोल्न आग्रह गरे पनि व्यवसायीले अस्वीकार गर्दै आएका थिए । विगतमा दशैंमा बेला १ लाख व्यक्तिको आवात-जावत हुने दसैँको यो समयममा अहिले मुस्किलले करिब २० हजार व्यक्ति मात्रै आवत-जावत गरिरहेकाले बुकिङ खोल्न आवश्यक नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बताएको छ ।
यद्यपि कतिपय कम्पनीले गाहकको सुविधाका लागि अग्रिम बुकिङ खोलेको दाबी महासंघको छ ।