एक महिला गम्भीर घाइते
(धादिङ) धादिङको धुनिबेशी नगरपालिका ६ धार्के बजारमा रहेको एक होटलमा आगलागी भएको छ । आगलागीबाट एक महिला गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक रुपा थापाले बताउनुभएको छ ।
बिहान ६ बजे होटल खोलेर ग्यास संचालन गर्दा ग्यास लिक भएर आगलागी भएको होटल संचालक रामकुमार श्रेष्ठले बताउनुभयो । आगलागीबाट घाइते होटल संचालकका श्रीमती मिरा श्रेष्ठको शिव दर्शन अस्पतालमा प्रथामिक उपचार पछि काठमाडौ किर्तिपुर अस्पतालमा थप उपचारका लागि लगिएको प्रहरीले बताएको छ ।
आगलागीबाट करिब ५ लाख बराबर क्षेती भएको प्राम्भिक अनुमान गरिएको छ । होटल संचालक श्रेष्ठले साल्ट टेडिङ्गको एसटिएक ग्यास प्रयोग गर्दै आएका थिए । ग्यासमा वास्कर नहुदा लिक भएको अनुमान गरिएको छ ।
फ्रीज टिभी टेबुल कुर्सी लगायत होटका सम्पुर्ण सामग्री जलेर नस्ट भएको छ । स्थानीयहरुले आगो नियन्त्रण गरी घाइतेको उद्धार गरे पछि धुनिबेशी नगरको दमकल पुगेको थियो ।