धनगढीकाे एक प्रहरी चौकीबाटै दुई जना प्रहरी बेपत्ता
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको एक प्रहरी चौकीमा कार्यरत दुई जना प्रहरी बेपत्ता भएका छन् ।
धनगढी उप-महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी बिट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँद शनिबार साँझदेखि बेपत्ता भएका हुन् ।
डिउटीमा खटिएका बेला बेपत्ता भएको जानकारी जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । यसैबीच नेपाल-भारत सीमा नजिकै मोहना नदीमा एक जनाको शव फेला परेको छ । उक्त शव कसको हो भन्ने यकिन हुन नसकेको प्रहरी उपरिक्षक प्रतीक बिष्टले बताए ।