विप्लव समूहले सरकारविरूद्ध विरोध जुलुस गर्ने
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले सरकारविरूद्ध देशव्यापी विरोध कार्यक्रमको घोषणा गरेको छ ।
विप्लव पार्टीले बुधबार विज्ञप्ति जारी गर्दै सरकारले कोरोना भाइरसको परीक्षण र उपचार नि:शुल्क गर्नुपर्ने, अग्रपंक्तिमा खटिएकाहरूलाई विशेष सुविधा दिनुपर्ने मागसहित विरोध गर्न लागेको हो।
महामारीले आक्रान्त भएका जनतालाई राहत पुर्याउनुको सट्टा स्वास्थ्य परीक्षण गर्नुबाट पन्छिएको भन्दै विरोध गर्न लागेको पार्टीले जनाएको छ । पार्टीले सरकारसँग कोरोना भाइरसको नि:शुल्क परीक्षण र उपचारको व्यवस्था गर्न माग गरेको छ। अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न समेत आग्रह गरेको छ ।
पार्टीले सरकारसँग कोरोना भाइरसको नि:शुल्क परीक्षण र उपचारको व्यवस्था गर्न माग गरेको छ । अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न समेत आग्रह गरेको छ।