बलात्कारको आरोप लागेका तीन आरोपी एक बर्षपछि पक्राउ
बालिका र युवती बलात्कार गरेर फरार भएकातीन जना अभियुक्त्तहरुलाई प्रहरीले एक बर्षपछि पक्राउ गरेको छ ।
१५ साउन २०७६ मा मोरङको धनपालथान गाउँपालिका २ स्थित राजमार्ग किनारमा रंगेली नगरपालिकाकी १९ वर्षीया युवती र सुनबर्षी नगरपालिकाकी १३ वर्षीया बालिका बलात्कार गरी फरार भएका तीनजना अभियुक्त्तलाई प्रहरी चौकी गडरियाको टोलीले बुधबार राति पक्राउ गरेको हो ।
पक्राउ पर्ने अभियुक्त्तहरु धनपालथान गापा ७ का २१ वर्षीय रोशनकुमार मण्डल, २० वर्षीय जयकृष्ण मण्डल र २३ वर्षीय मन्जित मण्डल छन । प्रहरीले उनीहरु तीनैजनालाई घरमा आएर लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी मोरङले जनाएको छ । घरतर्फ फर्कदै गरेका बालिका र युवतीलाई उनीहरुले गौँडा ढुकेर साँझ बलात्कार गरेका थिए ।
पक्राउ परेका सबैलाई ईप्रका रंगेलीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।