उपत्यकामा १६ सय ९८ संक्रमित थपिए
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १६ सय ९८ जना संक्रमित थपिएका छन्।
उपत्यकाको काठमाडौं जिल्लामा १४ सय ६९, ललितपुरमा एक सय ३० र भक्तपुरमा ९९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घन्टामा देशभर २९ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमितमध्ये २३ सय २६ निको भएर डिस्चार्ज भएका छन् ।