काठमाडौंमा कोरोनाले थप एकको मृत्यु
कोरोना संक्रमण पुष्टि भएका झापाका एक व्यक्तिको मृत्यु भएको छ।
दमक-१ मा अस्थायी बसोबास गर्ने व्यक्तिको उपचारको क्रममा आइतबार दिउँसो काठमाडौंस्थित ह्याम्स हस्पिटलमा एक पुरूषको मृत्यु भएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए।
उनलाई त्यहाँ जाँचको क्रममा कोरोना देखिएको थियो। अहिले उनको परिवारको कन्ट्याक्ट ट्रेसिङ लगायतको काम दमकमा सुरू भएको बताइएको छ। दमकमा पछिल्लो समयमा समुदायमा कोरोना संक्रमण फैलिँदो अवस्थामा छ। मृतकका परिवारका सदस्यहरू दमकमा नै रहेको जनाइएको छ।
दमकमा लकडाउन एक साताका लागि थप गरेर कडाइ गरिएको नगरप्रमुख ओलीले बताएका छन्।