विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था छैन : प्रधानमन्त्री
(काठमाडौं) प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज पर्व मनाउन अनुरोध गर्नुभएकाे छ । तीजको अवसरमा शुक्रबार ट्विटमार्फत शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले आफ्नो जीवन रक्षालाई उच्च महत्त्व दिन आग्रह गर्नुभएकाे छ ।
उहाँले ट्वीटमार्फत भन्नुभएकाे छ- ‘यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको छ। त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था छैन ।’
सरकारले बुधबार रातिदेखि काठमाडौं उपत्यकामामा निषेधाज्ञा जारी गरेको छ। त्यस्तै, देशभरका कैयौं स्थानमा पनि विभिन्न खालका कडाई गरिएको छ।