विपी प्रतिष्ठान धरानमा उपचाररत झापा र मोरङका दुई कोरोना संक्रमित मृत्यु
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना व्यक्तिको मृत्यु भएको छ।
झापाको दम-३ निवासी ८३ वर्षीय वृद्ध र मोरङको बेलबारी-५ निवासी ५६ वर्षीय महिलको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटले जानकारी दिए। झापाका वृद्धको शुक्रबार बिहान सवा चार बजे र मोरङकी महिलाको बिहान सवा तीन बजे मृत्यु भएको हो।
झापाका वृद्धलाई भने विर्तामोडस्थित बिएनसी अस्पतालबाट रिफर गरिएको थियो। उनी मृगौला पीडित समेत रहेकाले डायलासिस गराउँदै आएका थिए। उनमा गत ३ गते कोरोना पोजेटिभ देखिएको थियो। मोरङकी महिलालाई भने कोसी अञ्चल अस्पतालबाट रिफर गरिएको थियो। उनमा पनि ज्वरो, सास फेर्न गाह्रो र संक्रमण पुष्टि भएपछि थप उपचारका लागि प्रतिष्ठान ल्याइएको थियो।
उनलाई गत ९ गते भर्ना गरिएको अस्पतालले जनाएको छ। दुबैको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको प्रवक्ता बताए।