मकवानपुरमा ३० कोरोना संक्रमित थपिए
छिल्लो २४ घन्टामा मकवानपुरमा ३० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
३२ साउनमा संकलन गरिएको ८२ जनाको स्वाब परीक्षण गर्दा ३० जनाको नतिजा पोजेटिभ आएको हेटौँडा–४ स्थित आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंले जानकारी दिए ।
संक्रमितमध्ये हेटौँडा उपमहानगरपालिका क्षेत्रका २८ र थाहा नगरपालिकाका दुईजना रहेको चौलागाईंले बताए ।
उनका अनुसार पोजेटिभ नतिजा देखिएकाहरूमा हेटौँडा– २ का दुई पुरुष, दुई महिला, हेटौँडा– ८ का दुई महिला, चार पुरुष, हेटौँडा– ४ का दुई पुरुष, दुई महिला, हेटौँडा– ९ का एक पुरुष, हेटौँडा– १५ का एक पुरुष, हेटौँडा– ५ का दुई पुरुष, हेटौँडा– १४ का एक महिला, हेटौँडा– १ का तीन पुरुष, दुई महिला, हेटौँडा– १० का दुई पुरुष, हेटौँडा– ७ का एक पुरुष, हेटौँडा– ६ का एक महिला र थाहा नगर– १० का दुईजना रहेका छन् ।
यससँगै मकवानपुरमा हाल संक्रमितको संख्या दुई सय ५८ पुगेको छ ।