आज मध्यरातदेखि धरानमा सात दिन लकडाउन
धरानमा बुधबार राति १२ बजेबाट लागु हुनेगरी एक साता लकडाउन हुने भएको छ।
आज बसेको धरान उपमहानगरपालिकाको बैठकले समुदायमा संक्रमण फैलिएको अनुमान गर्दै एक साता लकडाउन गर्ने निर्णय गरेको उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन्। 'पछिल्लो समय धरानमा समुदायमै कोरोना संक्रमण फैलिएको हुनसक्ने भन्ने खबर पायौं। यसको परीक्षण गरेर एकिन गर्न एक साता लकडाउन गर्ने भनिएको हो' उनले भनिन्, 'जिल्ला सुरक्षा समितिले त्यहीँ सुझाव दिनुभएको छ।'
उनले जनस्वास्थ्यविद्हरुसँग छलफल गर्दा पनि उनीहरूले एक साता लकडाउन गरेर परिस्थिति अनुसार अघि बढ्न सुझाएको बताइन्।
जसका कारण संक्रमण समुदायमै फैलिएको हो कि भन्ने अनुमान गरिएको हो।