काठमाडौं उपत्यकामा सोमबार थपिए दुई सय २४ कोरोना संक्रमित
काठमाडौं उपत्यकाभित्र सोमबार दुई सय २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा एक सय ७७ जना, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना पुष्टि भएको हो।
आइतबार काठमाडौंमा एक सय ६६ जना संक्रमित फेला परेका थिए। कोरोना संक्रमित बढेपछि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी छ।