प्रदेश २ मा थप १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि
(जनकपुरधाम) प्रदेश २ मा थप १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ३१ पुगेको छ ।
शनिवार सबैभन्दा बढी पर्सामा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै सर्लाहीमा ३३, धनुषामा १६, महोत्तरीमा १४ र बारामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिनुभयो ।
पर्सामा वीरगंज महानगरपालिकामा वडा नं ३ देखि १६ सम्ममा ११ जना, वडा नं ४ श्रीपुरका ४ जना, वडा नं १० का ६ जना, बिन्दवासिनी गाउँपालिका वडा नं ३ का ३ जना, छिपहरमाई गाउँपालिका भिस्वाका २ जना, भौराटार हेल्थ पोस्टका ४ जना, भौराटारका ४ जना, बहुअरी पिरारीका ३ जना, बहुदरमाई नगरपालिकाका १ जना, आर्मी ब्यारेकका १ जना, बैरियाका २ जना, नेरा मा.वि क्वारेन्टिनका ३ जना, गम्हरियाका १ जना, नारायणी अस्पतालको क्वार्टरका १ जना र ठाउँ नखुलेको स्थानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताउनुभयो।
त्यस्तै सर्लाहीको मलंगवा नगरपालिका पंंचकुमारी ब्यारेकका १६ जना, खानेपानी तथा सरसफाई डिभिजनका १५ जना, लालबन्दी नगरपालिका (हाल औरही नगरपालिका) का १ जना, र ठाउँ नखुलेको नारायणी अस्पतालका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनुषामा जनकपुरधाम उपमहानगरपालिकाका ४ जना, शहिदनगर नगरपालिकाको क्वारेन्टिनका ५ जना, मुखियापट्टीका १ जना, विदेह नगरपालिकाका १ जना, कमला नगरपालिकाका ३ जना र ठाउँनखुलेको स्थानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
महोत्तरीमा बर्दिबाँस नगरपालिकाका ११ जना, औरही नगरपालिकाका १ जना, लोहरपट्टी नगरपालिकाका १ जना र ठाउँ नखुलेको स्थानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको झाले बताउनुभयाे । त्यस्तै बाराको विश्रामपुर हेल्थ पोष्टका १ जना, बहुअरी हेल्थ पोष्टका ३ जना, कलैया उपमहानगरपालिकाका १ जना, मनहरवाका १ जना र भलुही भरवलियाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशमा २ महिला सहित ३० जना निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या ३ हजार ३ सय ३४ पुगेको छ भने २६ जनाको कोरोनाको कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।