काभ्रेका एक प्रहरीमा कोरोना
(काभ्रे) बनेपा जनगालमा रहेको संघीय प्रहरी कार्यालय प्रमुखको चालकको रुपमा रहेको एक जना प्रहरीमा कोरोना संक्रमण भएको छ। संघीय प्रहरी कार्यालय प्रमुखको चालकको रुपमा केहि दिन अघि मात्र काठमडौंमा चालकको थप ट्रेनिङ एमडी कोर्स गर्न गएको समयमा कोरोना सार्न सक्ने भएको भन्दै साँगामा स्वाब संकलन गरिएको थियो।
साँगामा स्वाब संकलन गरिएसँगै उनी छुट्टै होम क्वारेन्टाइनमा बसिरहेका थिए। मंगलबार स्वाबको पिसिआर रिपोर्ट आएपछि उनलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखेर थप उपचार सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए।
उनको धुलिखेल अस्पतालमा उपचारको लागि मंगलबारबाटै सुरु गरिएको स्वास्थ्य सामान्य रहेको झाले बताए। जिल्लामा मंगलबारसम्म २९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा विभिन्न आइसोलेसनमा उपचारपछि २७ जना डिस्चार्ज भइसकेको २ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको झाले जानकारी दिए।