दुई पत्रकारसहित कपिलवस्तुमा थप २० जनामा कोरोना संक्रमण
(बुटवल) कपिलवस्तुमा दुई पत्रकारसहित थप २० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा सन्क्रमितको संख्या १ हजार ६५ पुगेको छ ।
मंगलबार पुष्टि भएका संक्रमित सबै तौलिहवाका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मङ्गलवार पुष्टि भएकामा प्रेस युनियन कपिलस्तुका जिल्ला सभापति तथा एभीन्युज र अन्नपूर्ण पोस्टका संवाददाता गोपाल भण्डारी र एक जना एनटिभीका संवाददाता संक्रमित भएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै आफ्नो रिपोर्ट पोजेटिभ आएको उल्लेख गर्दे सम्पर्कमा आएका व्यक्तिहरुलाई पीसीआर टेस्ट गर्न आग्रह गरेका छन् । यससँगै जिल्लामा हालसम्म ६ पत्रकार संक्रमित भएका छन् ।

यस्तै एक किराना पसल सञ्चालक, एउटै मेडिकल पसलका दुई जना, सशस्त्र प्रहरी एक, ईन्जिनियर एक, महाराजगञ्ज नगरपालिकाका एक कर्मचारी, सुनचाँदी पसलका एक जना तथा ३ जना समुदायस्तरका संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताएका छन् ।
गत भदौ ३ गते बुद्धपदम मा.वि देखि संकलन गरिएको १७३ नमुना मध्ये २० पोजेटिभ तथा १ सय ५३ जना नेगेटिभ रिपोर्ट आएको हो ।