मेलम्ची खानेपानी आयोजनाको बाँध फुट्दा २ जना घाइते, २ बेपत्ता
(सिन्धुपाल्चोक) मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानको गेट नम्बर १७ स्थित ड्याम फुटेर पानीले बगाउँदा दुई जना कर्मचारी घाइते भएका छन् भने दुई जना बेपत्ता भएका छन् ।
मंगलबार दिउँसो गेटको बाँध फुटेको हेलम्बु गाउँपालिका प्रमुख मिमा ग्लाल्जेङ शेर्पाले बताए । घटनाबारे थप विवरण आउन बाँकी छ ।