थप १ सय १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार नाघ्यो
(काठमाडौं) मुलुकमा थप १ सय १६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ जना १६ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ६१ पुगेको छ ।