कोरोना भाइरस होइन ट्रम्प भाइरस : नान्सी पेलोसी
अमेरिकी संसदका तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) का स्पीकर र वरिष्ठ डेमोक्रेट नेता नान्सी पेलोसीले कोरोना भाइरुसलाई ट्रम्प भाइरसको संज्ञा दिएकी छिन् ।
महामारी संकटलाई ठीकसँग सम्हाल्न नसकेको राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्दै उनले उक्त आरोप लगाएकी हुन् । ट्रम्पले मानिसहरूलाई धेरै समय अगाडिनै अनुहारको मास्क लगाउन अपील गरे अझ राम्रो हुने थियो तर अब अगाडि स्थिति झन् खराब हुँदै हुने चेतावनी पनि पेलोसीको छ ।
सीएनएनसँग कुरा गर्दै पेलोसीले भने, ‘आज राष्ट्रपतिले भनाई सुनेपछि उनले आफ्नो गल्ती स्वीकारेको देखिन्छ , मास्क लगाएर र मास्क लगाउन अपील गरेर उनले यो रोग अफवाह होइन भनेर स्वीकार गरेका छन्, यो महामारी अझ राम्रो हुनुभन्दा पहिले झन् खराब हुँदै गयो किनकि यस सम्बन्धमा कुनै पनि कदम उठाएको छैन ।’ उनले अगाडि थपे, ‘वास्तवमा यो ट्रम्प भाइरस हो । ’