सर्पले डस्दा कञ्चनपुरमा एक महिलाको मृत्यु
(कैलाली) सर्पले डसेर कञ्चनपुरमा मंगलबार एकजनाको मृत्यु भएको छ ।
सर्पको टोकाइबाट महाकाली नगरपालिका- १ को पशुपती टोलकी ४० वर्षीय निर्मला पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
‘उपचारका लागि स्वास्थ्य केन्द्र लैजादै गर्दा उहाँको मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाले भने, ‘भुसा निकाल्ने क्रममा भट्टलाई सर्पले टोकेको थियो ।’