ब्राजिलमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ८० हजार नघ्याे
दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा काेराेना संक्रमण दर बढेसँगै दैनिक मृत्यु संख्या समेत बढिरहेकाे छ । हाल विश्वमै काेराेना संक्रमणबाट सर्वाधिक दैनिक मृत्यु ब्राजिलमै देखिएकाे छ । संक्रमणका केसमा भने अमेरिका अघि देखिएकाे छ ।
ब्राजिलमा साेमबार एकै दिन २१ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेकाे छ भने ७ सय १८ जनाकाे मृत्यु भएकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । यससँगै ब्राजिलमा काेराेना संक्रमित कुल संख्या २१ लाख २१ नाघेकाे छ । याे दैनिक मृत्यु विश्वका अन्य देशकाे भन्दा सबैभन्दा बढी हाे ।
त्यहाँ अहिलेसम्म काेराेनाबाट मृत्यु हुनेकाे कुल संख्या पनि ८० हजार ९९ पुगेकाे छ । यद्यपि ब्राजिलमा कुल संक्रमितमध्ये १४ लाख १३ हजारभन्दा बढी मानिसचाहिँ निको भइसकेका छन् । साेमबार मात्र एकै दिनमा त्यहाँ ३९ हजारभन्दा बढी मानिस संक्रमणमुक्त भएकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ ।
उता विश्वमा सबैभन्दा बढी संक्रमित र मृत्यु रहेकाे संयुक्त राज्य अमेरिकामा साेमबार ६२ हजार नयाँ संक्रमित थपिएका छन् भने ५४५ काे ज्यान गएकाे छ । यससँगै अमेरिकामा कुल संक्रमित संख्या ३९ लाख ६१ हजार पुगेकाे छ भने कुल मृतक संख्या पनि १ लाख ४३ हजार ८४३ पुगेकाे छ ।