दाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक युवाको मृत्यु
ट्रयाक्टर दुर्घटनामा दाङको देउखुरीमा एकजनाको मृत्यु भएको छ।
लमही नगरपालिका वडा नम्बर ५ कोलही भन्ने स्थानमा रा १ त ३४७० नम्वरको ट्रयाक्टर दुर्घटना हुँदा स्थानीय करिब १९ वर्षीय बिनेश चौधरीको मृत्यु भएको छ।
सोही ट्रयाक्टरमा मजदुरी गर्दै आएका चौधरीलाई उपचारका लागि लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय घोराहीका अनुसार लकडाउन उल्लंघन गरी व्यक्तिगत प्रयोजन (घर) निर्माणको लागि भित्री गल्लीबाट खोलाजन्य बस्तु ल्याउँदै गर्दा ट्रयाक्टर अनियन्त्रित भएर विहान ११ बजेतिर दुर्घटनामा परेको थियो।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।