कौशलटारमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बिहीबार साढे पाँच बजे मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारस्थित अरनिको राजमार्गमा भक्तपुरबाट काठमाडौं तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना भएको हो।
बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको रेलिङमा ठक्कर खान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक गिरीले जानकारी दिए। सो क्रममा चालक मध्यपुर ठिमी नगरपालिका ५ भुलाङखेलका ३० वर्षीय अजय श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै नजिकैको मध्यपुर अस्पताल ठिमीमा लगिएको थियो।
उनको उपचारको क्रममा सवा छ बजे मृत्यु भएको गिरीले बताए।