कोरोना त्रासका कारण नेकपाको प्रदेश १ कार्यकर्ता भेला स्थगित
(काठमाडौं) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित भएको छ ।
कोरोना भाइरसको संक्रमणको खतरा हुने भन्दै नेकपाले आज हुने भनिएको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको हो । केही दिनअघि मात्रै सरकारले कोरोना संक्रमणको खतराबाट जोगिन भन्दै ठूला सभा-सम्मेलन र भेला नगर्न सबैमा आग्रह गरेको थियो ।
सत्तारूढ नेकपा प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम झापा बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना हुने भनिएको थियो । सो कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, पर्टीका महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादललगायतले सम्बाेधन गर्ने बताइएको थियो ।
यसका लागि कतिपय नेता तथा कार्यकर्ताहरु झापा पुगिसकेका थिए । तर मंगलबार बिहान मात्रै नेताहरुले हाललाई कार्यक्रम स्थागित गर्न प्रदेश पदाधिकारीलाइ निर्देशन दिएका हुन् ।
यसअघि नेकपाले कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ , गण्डकी प्रदेश र बाग्मती प्रदेशमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरिसकेको छ ।