प्रधानमन्त्री ओली : मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ, छिट्टै काममा फर्किन्छु
(काठमाडौं) प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने बताउनुभएको छ । प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओली छिट्टै काममा फर्कनु हुने जानकारी दिनुभएको हो ।
रिमालले ट्वीटरमार्फत सर्जरी पछि आज पहिलो पटक प्रधानमन्त्रिसँग कुरा गर्ने अवसर मिलेकाे जानकारी दिनुभएकाे छ । रिमालका अनुसार प्रधानमन्त्री ओलीले ‘साथीहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिट्टै काममा फर्किन्छु’ भन्ने सन्देश दिनुभएकाे छ ।
दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीलाई चिकित्सकहरु बाहेक अरु कसैलाई भेट्न दिइएको छैन । उहाँले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ गरिरहनुभएको छ । प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक मृर्गौला प्रत्यारोपण गरिएको थियो ।