ट्रकको ठक्करबाट बुटवलमा एकको मृत्यु
ट्रकको ठक्करबाट बुटवलमा एक जनाको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ शान्तिचोकमा ट्रकले ठक्कर दिंदा देविनगरका गोविन्दबहादुर क्षेत्रीको मृत्यु भएको हो।
शनिबार अपरान्ह बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सीमामा पर्ने शान्तिचोकमा लु ५५ प ६०५५ नम्रबको स्कुटरलाई ना १ ख ९०३२ नम्वरको ट्रकले ठक्कर दिएको थियो।
स्कुटरमा सवार क्षेत्रीलाई ट्रकले ठक्कर दिंदा गम्भिर घाइते भएकोमा उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।