स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा १ को ज्यान गयो, २ घाइते
(स्याङजा) स्याङजाको विरुवा गाँउपालिका बडा नं ७ मा ट्याक्टर दुर्घटना हँुदा १ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा विरुवा गाँउपालिका बडा नं ७ याँदी बस्ने बर्ष २६ का बनध्वज गुरुङ रहेका छन् । गुरुङ केही समय यता सोही ट्क्टरमा काम गर्दे आइरहेका थिए । रा १ त २१०० नम्बरको ट्याक्टर राती ११स्४५ मा दुर्घटनामा परेको थियो । उक्त ट्क्टरमा सवार अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा ट्याक्टर चालक विरुवा गाँउपालिका बस्ने बर्ष १९ का तेज बहादुर गुरुङ र सोही ठाँउमा बस्ने बर्ष १७ का ठगराज गुरुङ रहेका छन् ।
घाइते दुवै जनालाइ उपचारको लागि पोखरा लगिएको प्रहरी नायब उपरिक्षक नविन कृष्ण भण्डारीले जानकारी दिनुभयो । घटना के कारणले भएको हो भन्ने तथ्य नखुलेको हुँदा अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक नविन भण्डारीले बताउनु भयो ।