भारतको लखनउमा कोरोना संक्रमित भेटिएसँगै नेपालको सीमावर्ती क्षेत्रमा कडाइ
(काठमाडाैँ) भारतको उत्तर प्रदेशस्थित लखनउमा पनि कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपाल–भारत सीमामा कडाई गरिएको छ ।
क्यानडाबाट लखनउ आएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सीमामा आवतजावत गर्नेमा भारत सरकारले कडाइ गरेको हो ।
सीमा नाकामा हाल हेल्थ डेस्क राखेर भारतले चेकिङ गरिरहेको छ भने सामान्य ज्वारो आएकामाथि पनि परीक्षण सुरु गरेको छ ।
यसैबीच, भारत सरकारले अन्य मुलुकलाई भारत प्रवेशमा कडाई गरिरहँदा नेपालसँग सीमा जोडिएको क्षेत्रलाई लिएर भने नयाँ निर्णय गर्ने बुझिएको छ । उत्तर प्रदेशमा नै देखिएपछि अहिले सीमाबाट थप संक्रमण फैलन सक्ने भन्दै भारतको स्वास्थ्य मन्त्रालयमा छलफल सुरु भएको छ ।
छलफलसकिएसँगै भाइरसका सन्दर्भमा थप नयाँ नियम र ट्राभल एड्भाइजरी जारी गर्ने बुझिएको छ । भारतकाे स्वास्थ्य मन्त्रालयले भाइरससम्बन्धी ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
भारततर्फ चेकिङमा कडाइ भए पनि नेपाली पक्षले भने हेल्थ डेस्कलाई खासै प्रभावकारी रुपमा कार्यान्वयन नगरेको गुनासो आइरहेका छन् ।