बैतडीमा जिप दुर्घटना हुँदा चालककाे मृत्यु, ६ घाइते
(बैतडी) बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिपमा सवार अन्य ६ जना घाइते भएका छन् ।
धनगढी बाट दार्चुला तर्फ जादै गरेको प्रदेश नं ७ ००१ ज १२५७ नं को जिप दशरथचन्द राजमार्गको पाटन नगरपालिका वडा नं ६ घट्टीगाडमो दुर्घटना हुँदा दार्चुलाको दुहु गाउपालिका वडा नं २ का ३६ वर्षीय चालक धन सिह बडालको ज्यान गएको हो ।
घाइते हुनेमा दुहु गाउँपालिका- ४ खिमडी बस्ने २३ वर्षका सुरेन्द्र बम, दुहु गाउँपालिका- २ हिकिला बस्ने ३८ वर्षका हर्क सिंह बडाल, दुहु गाउँपालिका- ४ बस्ने ४१ वर्षका प्रेम बल्लब जोशी, सोहि ठाँउका ४१ वर्षका धन राज जोशी रहेका छन् ।
यसैगरी दुहु गाउँपालिका- ४ कै २० वर्षकी हेमन्ती बम, दुहु गाउँपालिका- ३ खेती बस्ने २२ वर्षकी द्रोपदी जोशी पनि घाइते रहेका छन् । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा समान्य उपचारपछि रेफर गरिएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज बिरभद्र खडायतले जानकारी दिनुभयो ।
दुर्घटना विहान तीन बजे भएको थियो । जिप सडकबाट करीब ३ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।