महोत्तरीमा मध्यरातमा गोली चल्यो, एक घाइते
महोत्तरीमा आज बिहान एक जना व्यक्तिमाथि गोली प्रहार भएको छ।
महोत्तरीको मनरासिसवा नगरपालिका वडा नम्बर–३का ६१ सहदेवप्रसाद यादवमाथि अपरिचित व्यक्तिले बिहान २ बजे गोली प्रहार गरेका हुन्। यादवको छातीमुनि गोली लागेको छ।
शौचालय गएका यादवमाथि गोली प्रहार गरिएको महोत्तरी प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले जनाए। गोली लागी घाइते भएका यादवको सामान्य उपचार पछि जनकपुरधामस्थित जानकी केयर अस्पताल पठाइएको र अहिले उनको अवस्था खतरामुक्त रहेको एसपी अधिकारीले बताए।
घटना कसले र किन गरायो भन्ने भन्ने बारे अनुसंधान भईरहेको एसपी अधिकारीको भनाइ छ।