एकै दिनमा सुनको भाउ २ हजारले घट्याे
(काठमाडाैँ) नेपाली बजारमा दिनहुँजसो बढिरहेको सुनको भाउ आज भारी मुल्यमा घटेको छ ।
नेपाली बजारमा सुनको भाउ उकालो लागेर फेरि घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । एकै दिन सुनको भाउ दुई हजारले घटेको छ । सुन प्रतितोला ७५ हजार पाँच सय कायम भएको छ ।
चाँदीमा पनि एकै दिन ८० रूपैयाँ घटेको छ । आइतबारका तुलनामा पाँच सय बढेर सोमबार प्रतितोला ७७ हजार पाँच सय भएको थियो । अन्तर्राष्ट्रिय बजारमै गिरावट आएकोले नेपाली बजारको कारोबार मूल्यमा पनि असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
गत शुक्रबारकाे तुलनामा एक हजार पाँच सय घटेर आइतबार कारोबार मूल्य ७७ हजार प्रतितोलामा आइपुगेको थियो । गत साताको पहिलो दिन ८२ हजार पाँच सय प्रतितोला पुगेको भए पनि क्रमिक रूपमा घट्दै शुक्रबार ७८ हजार पाँच सय रूपैयाँमा आइपुगेको थियो ।
बिहीबार ८१ हजार पाँच सय प्रतितोला कायम भएको कारोबार मूल्य शुक्रबार एकैदिन तीन हजार रूपैयाँ घटेको थियो ।