प्रधानमन्त्रीले दुर्घटनामा घाइते भएका सिपी मैनाली भेटे
प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी दुर्घटनामा परी घाइते भएका नेपाल कम्युनिष्ट पार्टी (माले) महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनालीलाई भेटेका छन्।
आइतबार बिहान मैनालीको उपचार भइरहेको धापासीस्थित ग्रान्डी अस्पताल पुगेर प्रधानमन्त्री ओलीले मैनालीको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका हुन्।
गत बिहीबार महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ३ कालापानीमा कार दुर्घटना हुँदा मैनालीसहित पाँच घाइते भएका थिए।
मैनाली चढेको बा४च २१२० नम्बरको कारलाई ना४ख ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो। कारमा रहेका मैनालीका छोराछोरा सरोज, बुहारी पूजा, नाति एन र चालक रामप्रसाद पौडेल पनि सामान्य घाइते छन्। मैनालीको परिवार झापाबाट काठमाडौं आउँदै गर्दा दुर्घटनामा परेका थिए।
उनको पार्टीले भने उक्त दुर्घटना नियोजित भएको बताएको छ।
नेपाल कम्युनिष्ट पार्टी (माले) ले महासचिव सीपी मैनालीको दुर्घटना नियोजित भएको बताएको छ।