नेकपाका प्रवक्ता : अडियोबारे पार्टीमा छलफल होला
(काठमाडौ) सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारमन्त्रीको अडियोको आधिकारिकताबारे पार्टीले बुझ्ने र त्यसमाथि छलफल हुन सक्ने बताएका छन् ।
सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले करौडौं कमिसन मागेको र कर्मचारीबारे अश्लील टिप्पणी गरेको अडियो भाइरल भएपछि हामीले नेकपाका प्रवक्तासँग यसबारे पार्टीले के गर्छ भनेर सोध्यौं ।
जवाफमा नेकपा सचिवालय सदस्य एवं प्रवक्ता श्रेष्ठले अनलाइनखबरसँग भने, ‘हामीले यो अडियोको आधिकारिताकताका बारेमा बुझेर पार्टीभित्र कुनै छलफल गरेका छैनौं, हामी यसको आधिकारिकताका बारेमा बुझ्छौं, त्यसपछि पार्टीमा छलफल होला ।’