प्रधानमन्त्री ओली र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता
(काठमाडौं) प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान साढे आठ बजेदेखि करिब डेढ घण्टा कुराकानी भएको हो ।
नेताद्वयबीच पछिल्लो राजनीतिक घट्नाक्रम, संविधान संशोधन, अडियो टेप प्रकरण लगायतका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री ओलीले जन्मदिनको केक लगायतका विषयमा पार्टी कार्यकर्ताले आलोचना गर्दा आफूलाई दुःख लागेको बताएका थिए ।