मोरङका छुट्टा छुट्टै दुई स्थानमा सवारी दुर्घटना, ४ जनाको मृत्यु
(विराटनगर) मोरङका दुई छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ ।
मोरङमा शनिबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिराहा सुखीपुर नगरपालिका–२ का २४ वर्षीय मोहम्मद ओजिर राइन र सप्तरी चण्डीमलहनिया गाउँपालिका–२ का २८ वर्षीय हरेराम साह रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए । राइन मोटरसाइकल चालक हुन् ।
विराटनगरबाट इटहरी तर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १६०८ नम्बरको मोटरसाइकललाई को १ ख ७३०९ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरु घाइते भएका थिए ।
मोटरसाइकलमा तीन जना सवार थिए । घाइते अवस्थाका तीनै जनालाई कोशी अञ्चल अस्पताल पठाइएको थियो । दुई जनालाई चिकित्सकले मृत घोषित गरेका थिए । सप्तरी रुपनीका १८ वर्षीय धनराज यादवको उपचार भइरहेको छ । उनको खुट्टा भाच्चीएको छ । तीन जना सवार तीव्र गतिमा रहेको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा टिपरले ठक्कर दिएको थापाले बताए । मृतक र घाइते तीनै जना विराटनगरको गोल्डेन पार्क कलेजमा ओभरसियर अध्ययन गरिरहेका विद्यार्थी हुन् ।
टिपर र चालक मोरङको ग्रामथान गाउँपालिका–७ का ३५ वर्षीय शशीकुमार थन्दारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।