सगरमाथा एजुकेशनल एकेडेमीको खेलकुद सप्ताह सुरु ।
शैक्षिक गुणस्तरमा खेलकुदको महत्वपूर्ण भुमिका हुने हुनाले सगरमाथा एकेडेमीले नियमित विभिन्न अतिरिक्त कृयाकलापहरुमा समय अनकुल सहित्य , लेख रचना प्रतियोगिता , हाजिरी जबाफ, वक्तृत्वकला , बादविबाद , भ्ऋइ क्लबका विभिन्न वातावरण मैत्री कार्यक्रम लगाएत कृयाकलापका साथै विभिन्न खेलकुदका कार्यक्रम पनि नियमित जसो भई रहने कार्यक्रम भएको विद्यालयका प्रिन्सिपलले २०७६ माघ १२ गते आइतबार देखी खेलकुद सप्ताहको उद्घाटन कार्यक्रममा जानकारी गराउनु भयो ।

उक्त कार्यक्रममा प्रिन्सिपल पुष्पराज सिंखडाले सगरमाथा एजुकेसनल एकेडेमीका विशेषताहरुमा प्रकाश पार्दै विद्यार्थी एवं अभिभावकहरुलाई श्रीपञ्चमी देखी सुभारम्भ हुने भर्ना अभियान कार्यक्रममा सहभागी हुनको लागी समेत अनुरोध र्गनु भयो ।
कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण विद्यार्थी , अभिभावक, शिक्षक , कर्मचारी पत्रकार, एवं शुभचिन्तकहरुलाई विशेष धन्यवाद दिदैँ सरस्वती पूजा विशेष कार्यक्रममा प्रसाद ग्रहणका लागी निमन्त्रणा गर्नु हुदैँ आगामी दिनमा पनि साथ रसहयोगको अपेक्षा गर्नु भयो ।

सोही कार्यक्रममा प्रिन्सिपल सिंखडाले खेलकुदले ब्यक्तित्व र्निमाणमा मात्र नभई राष्ट्र र्निमाण र राष्ट्रियता जगेर्णमा समेत खेलकुदले महत्व पूर्ण भुमिका खेल्ने बताउनु भयो । उक्त उद्घाटन समाहरोमा विद्यालयका शिक्षक ओम कलेलले कार्यक्रमको जानकारी दिदै , सप्ताह ब्यापी कार्यक्रमलाइ ३ विभिन्न विभाजन गर्दै , २४ वटा विभिन्न प्रतियोगीता गराइने जानकारी दिनु भयो ।
सोही कार्यक्रममा आफ्नो भनाइ राख्दै र्निदेशक नारायण प्रसाद सापकोटाले सहभागि भाइ बहिनीहरुलाई उत्कृष्ट प्रर्दशन गर्दै विजइहुन शुभकामना दिनु हुदै यही श्रीपञ्चमीमो मेडल तथा प्रमाण पत्र वितरण गरिन जानकरी गराउनु भयो ।
